पाल्पामा सेनकालीन सम्पदाको खोजी

  • आइबार​ २४ साउन २०८३ ०५:०१ PM
तानसेन : नेपाल एकीकरण पहिले पाल्पामा सेन वंशका राजाहरूले १५५० देखि १८६३ सालसम्म ३१३ वर्ष शासन गरेका थिए। १८६३ सालमा भीमसेन थापाको पालामा पाल्पाको सेन राज्यलाई नेपाल राज्यमा एकीकरण गरिएको थियो। सेन वंशीय शासन पतन भए पनि, सेनहरूले राज्य सञ्चालनको क्रममा निर्माण गरेका थुप्रै संरचना रहेका थिए।  सेन राजाहरूले निर्माण गरेका अधिकांश ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका संरचनाहरू समयक्रमसँगै पहिचान र प्रचार–प्रसार नहुँदा ओझेलमा पर्दै गए। पाल्पा जिल्लामा रहेका तर ओझेलमा परेका सेनकालीन संर