लार्के सडक ठाउँ–ठाउँमा अवरुद्ध, आवतजावत र सामान ढुवानीमा समस्या

  • आइबार​ २४ साउन २०८३ ०५:०१ PM
गोरखा : अविरल बर्षाका कारण उत्तरी गोरखा प्रवेश गर्ने मुख्यद्वार बेनिघाट आरुघाट लार्के सडक ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । केही दिनदेखिको बाढी तथा पहिरोले धार्चे गाउँपालिका–३ स्थित सो सडक विभिन्न ठाउँमा अवरोध भएको जगतका विशाल घलेले जानकारी दिए ।‘तातोपानीदेखि जगतसम्मको सडक तीन ठाउँमा अवरोध छ’, उनले भने, ‘तातोपानीको झरना यति ठूलो छ कि, छाँगोले सडक पूरै ढाकेर वारपार गर्न नमिल्ने भएको छ’, सडकको अवस्था हेर्न जगतदेखि तातोपानीसम्म आएका उनले भने, ‘दोभान खोलामा पनि ग