काठमाण्डु – नेपाल एलपी ग्यास उद्योग संघले बजारमा एलपी ग्यासको कुनै अभाव नरहेको र अनावश्यक सञ्चय (होल्ड) नगर्न उपभोक्ताहरूसँग आग्रह गरेको छ । संघले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै ग्यास आपूर्तिलाई लिएर काठमाण्डु उपत्यका लगायत देशका विभिन्न स्थानमा उपभोक्ताहरूले चिन्ता व्यक्त गरेपछि बजारको वास्तविकता स्पष्ट पारेको हो । संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार नेपाल आयल