काठमाण्डु– कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सार्वजनिक संस्थानको सुधारमा सामान्य उपलब्धिलाई ‘चमत्कार’ का रूपमा प्रस्तुत गर्नुभन्दा २०४८ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले लिएजस्तै जोखिम उठाउनुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले प्रधानमन्त्री बालेनको केही दिनअघिको फेसबुक स्टाटस पढेपछि कांग्रेसले केही विषयमा बोल्नुपर्ने