दोलखा : दोलखाको विगु गाउँपालिका–१ मा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र बाढीले जलाशयमा गेग्रान थुप्रिएपछि आइतबार १० घण्टा विद्युत् उत्पादन बन्द गरेको छ । जलाशयमा थुप्रिएको गेग्रानका कारण पानी प्रवेश गर्ने जालीमा अवरोध भएपछि सफाइका लागि बाँधस्थलका दुईटा गेट खोलिएको हो । गेट खोलेर जलाशयको पानी बाहिर निकाल्दै सफाइ गर्ने काम भइरहेको केन्द्रले जनाएको छ ।जलाशय खाली गर्ने क्रममा तामाकोशी नदीमा पानीको बहाव घटबढ हुन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क