तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न, पार्टी विधानको सीमाभित्रै रहेर काम गर्छु : गगन थापा

  • आइबार​ २४ साउन २०८३ ०९:५८ AM
काठमाडौं । कांग्रेस सभापति गगन थापाले पार्टी विधानको सीमाभित्रै रहेर पार्टीमा सबैलाई जोड्ने बताएका छन् । कांग्रेसमा चार पुस्ता एकैसाथ क्रियाशील रहेकाले सबैको सम्मान हुने गरी विधानको सीमाभित्रै रहेर काम गरिने उनको भनाइ छ ।  केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकमा सभापति थापाले भने, ‘एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु, तर्साएर चाहिँ म