हवाना (क्युबा) । नेकपा (एमाले)का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शान्ति, न्याय र मानवीय गरिमामा आधारित विश्व निर्माणका लागि विश्वभरका कम्युनिष्ट तथा मजदुर पार्टीहरूलाई नयाँ आत्मविश्वासका साथ एकताबद्ध हुन आह्वान गरेका छन् । क्युबाको राजधानी हवानामा आयोजित कम्युनिष्ट तथा मजदुर पार्टीहरूको २४ औं अन्तर्राष्ट्रिय बैठकलाई सम्बोधन गर्दै नेता ज्ञवालीले साम्राज्यवादी र प्रभुत्वशाली शक्तिहरूका कारण विश्व गम्भीर संकटतर्फ धकेलिएको बताए । बैठकमा उनले वर्तमान विश्व व्यवस्था, असमानता, क्युबाप्रतिको ऐक्यबद्धता र नेपालको राजनीतिक परिस्थितिबारे पार्टीको स्पष्ट दृष्टिकोण राखेका थिए । बदलिँदो विश्व व्यवस्था र शक्तिहरूको ‘दम्भ’का कारण विश्व अशान्त युगमा प्रवेश गरेको औँल्याउँदै ... The post प्रभुत्वशाली शक्तिका कारण विश्व गम्भीर संकटमा : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली appeared first on Kalika Khabar.