रास्वपाका मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्नुपर्ने

  • आइबार​ २४ साउन २०८३ ०८:५७ AM
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारका मन्त्रीहरूले महिनामा कम्तिमा एक पटक अनिवार्य रूपमा नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने व्यवस्था गरेको छ। सहमहामन्त्री एवं प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले भदौ महिनादेखि मन्त्रीहरूले पार्टी कार्यालयमा भेटघाट सुरू गर्ने जनाएका हुन्। शाहले जारी गरेको विज्ञप्तिमा पहिलो चरणमा अपराह्न ५ बजेदेखि ६ बजेसम्म नागरिकका लागि खुला रहने उल्लेख छ। दोस्रो चरणमा साँझ ६ बजेपछि मन्त्री पार्टीका केन्द्रीय सदस्य र प्रतिनिधि सभाका सांसदहरुको संयुक्त बैठक बस्नेछ। नागरिक, सरकारका मन्त्री र सांसदबीचको समन्वय चुस्त बनाउने उद्देश्यले भेटवार्ता सुरू गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ। साथै यसले ... The post रास्वपाका मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्नुपर्ने appeared first on Kalika Khabar.