ब्राजिल : ब्राजिलको रियो दि जेनेरियोमा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा हेलिकप्टरका पाइलटसहित तीन जना कोलम्बियाली महिलाको मृत्यु भएको कोलम्बियाली महावाणिज्यदूतले जनाएको छ । ती तीन महिला एउटै परिवारका सदस्य रहेको बताइएको छ ।उनीहरू सहरको छेउमा रहेको बाक्लो जंगल र पहाडी क्षेत्र तिजुका राष्ट्रिय निकुञ्जमाथि पर्यटकीय भ्रमणका लागि हेलिकप्टरमा सवार थिए । दुर्घटनापछि रियो दि जेनेरियोका मेयर एडुआर्डो काभालिएरीले पर्यटकीय हेलिकप्टर उडानको निगरानी थप कड