‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, देशभरका सबै सर्भिस सेन्टरमा लागु

  • आइबार​ २४ साउन २०८३ ०३:०१ PM
काठमाडौं : नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंकले सुपेरियर आफ्टर सेल्स सर्भिस, स्मार्ट भेइकल कनेक्टिभिटी र कम्प्लिट ओनरसिप प्रोटेक्सनका साथ विद्यमान बीवाईडी ग्राहकको स्वामित्व अनुभवलाई अझ सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ। साइमेक्स केयर (बीवाईडी सर्भिस सेन्टर, गुहेश्वरी) मा आज आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको छ र यो अभियान अब देशभर रहेक