सुरक्षित स्तनपान, स्वस्थ जीवन

  • आइबार​ २४ साउन २०८३ ०२:०१ PM
जन्मेको केही दिनसम्म आमाको स्तनबाट आउने बाक्लो पहेँलो दूधलाई बिगौती दूध (कोलोस्ट्रम) भनिन्छ। यसमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व प्रशस्त हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’ समेत भनिन्छ। जन्मेको एक घण्टाभित्रै स्तनपान सुरु गराउँदा नवजात शिशुलाई संक्रमणबाट जोगाउन, नवजात शिशुको मृत्युको जोखिम घटाउन र आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्न मद्दत पुग्छ। स्तनपानले शिशुलाई आवश्यक पोषण दिनुका साथै आमा र शिशुबीचको भावनात्मक सम्बन्धसमेत बलियो बनाउँछ।स्तनपानबाट शिशुलाई हुने