विश्व आदिवासी दिवसमा काठमाडौंमा झाँकीसहितको र्याली

  • आइबार​ २४ साउन २०८३ ०२:०१ PM
काठमाडौं : ३२ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौँमा  र्‍यालीको आयोजना गरिएको छ । दिवसको अवसरमा आइतबार काठमाडौंको भृकुटीमण्डपबाट विभिन्न आदिवासी जनजाति समुदायका मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्यसहितको  र्‍याली निकालिएको छ ।  र्‍याली भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताललगायत क्षेत्र हुँदै खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत भएको हो ।  र्‍यालीमा नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह