रास्वपाले भदौदेखि नागरिक, नीति र नेतृत्व कार्यक्रम सुरु गर्ने

  • आइबार​ २४ साउन २०८३ ०२:०१ PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले भदौदेखि नागरिक, नीति र नेतृत्व कार्यक्रम सुरु गर्ने भएको छ। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिने सहमहामन्त्री असिम शाहले जानकारी दिए।उनका अनुसार कार्यक्रमले भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास गरिएको छ। पहिलो