भनेअनुसार काम नभएको भन्दै रास्वपा नेताले नै निकाले उद्योगमन्त्री गौरी यादव हराएको सूचना

  • आइबार​ २४ साउन २०८३ ०८:१० AM
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक स्थानीय नेताले उद्योगमन्त्री गौरीकुमारी यादव हराएको भन्दै सूचना निकालेका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट जितेर मन्त्री भएका गौरीकुमारी यादव हराएको भनेर उनकै निर्वाचन क्षेत्रका स्थानीय अनुनित सिंहले सूचना निकालेका हुन् । रास्वपाका स्थानीय नेता अनुनितले निर्वाचनमा उनलाई जिताउन ठूलो भूमिका निर्वाह गरेका थिए