सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार शनिबार पाँच जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरू कप्तानगञ्जमा भएको डिजे विवाददेखि गोलीकाण्ड र त्यसपछिको तोडफोडका घटनामा संलग्न हुनसक्ने आशंकामा पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये चार जनालाई नेपाल–भारत सीमा पार गर्ने क्रममा नियन्त्रणमा लिइएको र एक जनालाई भने सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि घटनामा उनीहरूको संलग्नता रहेनरहेको विषयमा सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको ... The post कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा ५ जना पक्राउ appeared first on Kalika Khabar.