काठमाडौं : गत शनिबार बलिउड अभिनेत्री शिल्पा शेट्टी नेपाल आइपुग्नेबित्तिकै पशुपतिनाथ मन्दिर पुगिन्। काठमाडौंमा एक कार्यक्रमका लागि आएकी उनले वैदिक विधिअनुसार विशेष पूजा–आराधना गर्दै भगवान् शिवको दर्शन गरिन्। मन्दिर परिसरमा शिल्पाको उपस्थितिले नेपाली तथा भारतीय प्रशंसकहरूको उल्लेख्य भीड लागेको थियो। हिन्दुहरूको आस्थाको केन्द्र तथा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर पछिल्ला वर्षहरूमा केवल धार्मिक तीर्थस्थल मात्र नभई भारतीय चलचित्र उद्योगका चर्चित कलाकारहरूको पनि प्रमुख गन्तव्य