विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनि झन्डै २ करोड ५ लाख व्यक्तिले मुटुको रोगबाट ज्यान गुमाउने गर्छ। यीमध्ये विकासोन्मुख र अविकसित राष्ट्रहरूमा बर्सेनि मुटु रोगबाट ज्यान गुमाउनेको संख्या यसको ८० प्रतिशतभन्दा बढी पर्न आउँछ।१९औं शताब्दीमा मानव मृत्युको प्रमुख कारण संक्रामक रोगहरू र कुपोषण थिए। २०औं शताब्दीको सुरु सम्ममा पनि मुटु रोगबाट मर्नेहरूको संख्या १० प्रतिशतभन्दा कम थियो। २१औं शताब्दीको सुरुमा आएर मुटुरोगबाट मर्नेहरूको संख्या विकसित राष्ट्रहरूमा करिब ५० प्रतिशत र विकासोन्मुख राष्ट्रहरूम