एक खिल्ली चुरोटले मानिसको आयु औसत साढे पाँच मिनेट घटाउने विभिन्न अध्ययनले देखाएका छन्। यस हिसाबले हेर्दा वर्षमा धूमपान गर्नेको वर्षमा एक महिना आयु घट्छ। ५० वर्षमा चार वर्ष आयु घट्छ। धूमपान गर्ने व्यक्ति जति वर्ष बाँच्छ, ती वर्ष पनि कष्टयुक्त हुन्छ।धूमपानले सेवनकर्तालाई मात्र होइन, वरपर बस्ने मानिसलाई समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर गर्छ। युवावयदेखि नै धूमपान सुरु गरेर लगातार २० वर्ष वा त्यसभन्दा बढी समय सेवन गर्ने व्यक्तिको मृत्यु धूमपान नगर्ने व्यक्तिको तुलनामा २० देखि २५ वर