हवाईमा हुने ‘ल्याण्ड फोर्सेस टक’मा नेपालको प्रतिनिधित्व गर्दै अनुपजंग थापा

  • आइबार​ २४ साउन २०८३ ०६:२४ AM
काठमाण्डु- नेपाली सेनाका उपरथी अनुपजंग थापाले यसपटक अमेरिकी सेनाको प्यासिफिक कमाण्ड (USARPAC) ले आयोजना गर्ने ‘ल्याण्डफोर्सेसटक’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। कार्यक्रम अमेरिकाको हवाईमा अगस्ट १० देखि १२ सम्म सञ्चालन हुनेछ। यसअघि नेपाली सेनाको तर्फबाट रथी तहका अधिकारीले सहभागिता जनाउने प्रचलन रहे पनि यसपटक भावी प्रधानसेनापतिका दाबेदार मानिएका उपरथी थापालाई प्रतिनिधिका रूपमा पठाइएको हो।