काठमाण्डु– दुई दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको अवस्था पत्ता नलागेपछि अनुसन्धानका लागि काठमाण्डुबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली जाने भएको छ । निर्माणाधीन कृषि फर्ममा जाने भन्दै शुक्रबार दिउँसो घरबाट हिंडेका सिंहको अवस्था हालसम्म अज्ञात छ । सिंहको खोजीमा शुक्रबार साँझबाटै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । स्थानीयले पनि खोजी गरिरहेका