काठमाण्डु– खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि सरकारले उपत्यकाका स्थानीय ग्यास डिपोहरुमा प्रहरी परिचालन गरेको छ ।काठमाण्डु उपत्यका प्रहरी कार्यालयले काठमाण्डु, ललितपुर र भक्तपुरका सबै डिपोमा प्रहरी खटाएको हो । जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी दानबहादुर थापाले सहजीकरण र कलोबजारी तथा कृत्रिम अभाव भए÷नभएको बारे अनुगमनका लागि प्रहरी परिचालन