काठमाण्डु– फ्रान्समा यस वर्ष डढेलोले दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो क्षति पुर्याएको छ । यसको प्रमुख कारण जलवायु परिवर्तन हो। मानवजातिले जीवाश्म इन्धन जलाउने क्रम बढाएसँगै जलवायु परिवर्तन भइरहेको तथ्य राम्रोसँग प्रमाणित भइसकेको छ। तापक्रम निरन्तर बढिरहेको छ। तर फ्रान्समा भएका डढेलोसम्बन्धी तथ्यांकले १० मध्ये ९ वटा डढेलो मानिसकै कारण सुरु हुने देखाएपछि पेरिस सरकारले दोषी