एक तोला सुनको भाउ फेरि ३ लाख नाघ्यो

  • आइबार​ २४ साउन २०८३ १२:०१ PM
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेर फेरि तीन लाखमाथि पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको भाउ ३ लाख १ हजार ७०० कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको  थियो।यस्तै एक तोला चाँदीको मूल्य ४ हजार ६४५ रुपैयाँमा पुगेको छ। शुक्रबार सोही परिमाणको चाँदी ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।