नुवाकोट : अविरल वर्षातका कारण घरमाथिबाट आएको पहिरोले नुवाकोटको पूर्वी भेगमा रहेको भद्रुटारका विभिन्न घरमा क्षति पुगेको छ । नुवाकोटबाट काठमाडौं प्रवेश गर्ने छोटो सडक मार्गको ढिकुरेको पुलमा भ्वाङ परेको छ । पञ्चकन्या गाउँपालिका–५, भद्रुटारको बैदेटोलमा भारी वर्षातका कारण आएको पहिरोले स्थानीय तीन घरमा क्षति पुर्याएको छ ।पहिरोले स्थानीयबासी सुरेश थपलिया, उमेश थपलिया र श्याम थपलियाको घरमा क्षति गरेको जानकारी प्राप्त भएसँगै पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) को न