अमेरिकी श्रम बजार कमजोरः जुलाईमा २३ हजार रोजगारी घट्यो

  • आइबार​ २४ साउन २०८३ ०५:४३ AM
एजेन्सी । संयुक्त राज्य अमेरिकाको श्रम बजारमा शिथिलता छाएसँगै जुलाई महिनामा रोजगारीको संख्यामा अनपेक्षित गिरावट आएको छ । अमेरिकी श्रम तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जुलाईमा २३ हजार रोजगारी कटौती भएको छ । गैर–कृषि क्षेत्रको रोजगारीमा मौसमी समायोजनपछि २३ हजारको गिरावट देखिएको हो। यसअघि अर्थशास्त्रीहरूले जुलाईमा ८३ हजारले रोजगारी बढ्ने प्रक्षेपण गरेका थिए ।