डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–६ सीमलखेतका गोरे थापा अहिले घरबारविहीन भएका छन् । स्थानीय रंगुन नदीले उनको १५ रोपनी जग्गा बगर बनाई दिएपछि उनी घरबारविहीन भएका हुन । उनी अहिले सोही वडाको बैजनाथ सामुदायिक वन छेउको सडक किनारमा अस्थायी बसोबास बनाएर बसेका छन् ।गोरे थापाका बुवा कालुसिह थापा ४ छोरा ल्याएर २०३६ सालमा सिमलखेत झरेका हुन । अछामको अहिलेको साँफेबगर नगरपालिका–६ पाटलकोटमा खानकै लागि वर्षको ३ महिना पनि अन्न उब्जनी नहुने भएकाले कालुसिह परिवारसहित डडेल्धुराको भित्री मधेस क्षे