काठमाण्डु– नेकपा (एमाले)का सचिव योगेश भट्टराईले झन्डै दुईतिहाइ बहुमत पाएको वर्तमान सरकार पनि एक्लै भएको भन्दै कटाक्ष गरेका छन् । आइतबार सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनलाई व्यंग्य गर्दै उनले १८२ जना प्रतिनिधिसभा सदस्य, एक दर्जनभन्दा बढी मन्त्री, ठूलो संख्यामा सेना, प्रहरी तथा कर्मचारीसँगै थुप्रै सल्लाहकार र निजी सचिव ९पीए० वरिपरि हुँदासमेत नेतृत्व ‘एक्लो’ रहेको बताएका हुन्।