काठमाडाैं । नेपालको अटो मोबाइल क्षेत्र केवल गाडी किनबेच गर्ने थलो मात्र होइन, यो देशको राजस्वको सबैभन्दा ठूलो आधार हो । साथै लाखौँको रोजगारीको स्रोत र देशको आधुनिक पूर्वाधारको सहयात्री पनि हो । अर्थतन्त्रमा देखिएको सुस्तताका बाबजुद नाइमाले आगामी अगस्ट ११ देखि १६ (साउन २७ देखि भदौ ३१) सम्म काठमाडौंको भृकुटीमण्डपमा ‘दोस्रो मोबिलिटी एक्सपो’ आयोजना