शासन शासन सफलताको मुख्य सूचक हो। हरेक सरकारले मुलुकमा सुशासन कायम राख्ने प्रयास गरेको हुन्छ। नीति, योजना, रणनीति र कार्यक्रममा सुशासनका सवाललाई अनिवार्य प्राथमिकता दिइएको हुन्छ। तर, सरकारको सोच एवं नीतिअनुरूप सार्वजनिक पदमा रहने नेतृत्वको व्यवहारमा सुधार नहुँदा सुशासन कमजोर हुने गरेको छ। मुलुकमा सुशासन कायम गराउन नसक्दा विगत तीन दशकयताको राजनीतिक नेतृत्व शासनमा सफल ठहरिन सकेन। पुराना राजनीतिक शक्तिहरू निर्वाचनमा पराजित हुनु र सुशासनको मुख्य सवाल बोकेको नयाँ राजनीतिक नेतृत्वले जनताबाट झन्डै