तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुममा आवश्यक जनशक्तिको अभाव भएपछि सिजेरियन (शल्यक्रियामार्फत प्रसूति) सेवा ठप्प भएको छ। गत असार मसान्तदेखि सेवा बन्द भएपछि सिजेरियन आवश्यक पर्ने गर्भवतीलाई धरान, विराटनगरलगायत तराईका अस्पतालमा रेफर गर्नुपर्ने अवस्था आएको छ। जिल्ला अस्पताल प्रशासनका अनुसार विगत १० वर्षदेखि ‘निक साइमन’ नामक गैरसरकारी संस्थाको सहयोगमा सिजेरियन सेवाका लागि आवश्यक जनशक्ति व्यवस्थापन हुँदै