काठमाण्डु– वैदेशिक रोजगारीको नाममा ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–६का ४२ वर्षीय अच्युत दुलाल रहेका छन् । दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि शनिबार प्रहरीले गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो। दुलालले क्यानडामा पठाइदिने भन्दै एक जनाबाट ३७ लाख रुपैयाँ लिएको आरोप छ।