गृहमन्त्रीलाई जेनजी अभियन्ता सुप्रियाको प्रश्न: ‘हिजो हामी सडकमा हुँदा तपाईँ कहाँ हुनुहुन्थ्यो ?’

  • आइबार​ २४ साउन २०८३ ०८:५६ AM
काठमाडौँ । जेनजी अभियन्ता सुप्रिया नेपालीले सरकार परिवर्तन हुँदैमा नागरिकका प्रश्न र जनसरोकारका मुद्दा परिवर्तन नहुने बताएकी छन् । नेपालीले सामाजिक सञ्जाल फेसबुकमार्फत राज्यको अवस्था सडकबाटै बुझ्न सकिने उल्लेख गर्दै आफूहरू लामो समयदेखि जनसरोकारका विषयमा सडकमा उभिँदै आएको बताएकी हुन् । उनले एमसिसी सम्झौता, सीमा तथा राष्ट्रिय स्वाधीनता, निर्मला पन्तलगायत पीडितका लागि न्याय तथा राज्यको बेथितिविरुद्ध आफूहरूले निरन्तर आवाज उठाउँदै आएको दाबी गरेकी छन् । ‘हामी आन्दोलनको इतिहास आजबाट लेख्न थालेका होइनौँ । परिचित हुनुभन्दा अगाडि पनि सडकमा थियौँ, परिचित भइसकेपछि पनि सडकमै छौँ,’ उनले भनेकी छन् । सेप्टेम्बर ८ र ९ अर्थात् गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा समेत आफूहरू सहभागी भएको उल्लेख गर्दै नेपालीले अहिले आएर राष्ट्रका लागि योगदानबारे प्रश्न उठाउनुको औचित्यमाथि प्रश्न गरेकी छन् । उनले गृहमन्त्रीलाई लक्षित गर्दै भनिन्,  ‘त्यति बेला तपाईँ कहाँ हुनुहुन्थ्यो