व्यक्तिवादको दलदलमा दलहरू

  • आइबार​ २४ साउन २०८३ ०९:०१ AM
लोकतन्त्रको वास्तविक शक्ति सरकार फेरिनुमा होइन, शासन गर्ने संस्कार फेरिनुमा हुन्छ। निर्वाचन, सरकार गठन वा नेतृत्व परिवर्तन लोकतन्त्रका बाह्य संकेत मात्र हुन्। यसको आत्मा भने संस्थागत उत्तरदायित्व, शक्ति सन्तुलन, विधिको शासन, आलोचना स्वीकार गर्ने संस्कार र नेतृत्वको आत्मसंयममा निहित हुन्छ। यी आधार कमजोर बन्दा लोकतन्त्रको आवरणभित्रै निरंकुश प्रवृत्ति उम्रन थाल्छ। इतिहासले बारम्बार प्रमाणित गरेको यही कठोर सत्य हो।नेपालको राजनीतिक संकटलाई कुनै एक व्यक्ति, कुनै एक दल वा कुनै एक पुस्ताको असफलतामा सीमि