भक्तपुर : चाँगुनारायण–२ दुबाकोटकी एक ७३ वर्षीया वृद्धा १५ किलो रासायनिक मलका लागि ५ घण्टा लाइन बस्नुपर्यो।‘धान र मकैमा मल मल आवश्यक भएपछि लाइन त बस्नै पर्यो, ज्येष्ठ नागरिक भनेर कसैले माया गरेनन्,’ नाम बताउन अस्वीकार गरेकी उनले भनिन्।भक्तपुर नगरपालिका–१ की ६० वर्षीया पार्वती बायजूको धान खेत थिएन। तर, लसुन र आलुका लागि उनले पनि लाइन बसेरै मल लिइन्। जिल्ला सहकारी संघले सल्लाघारीमा मल बाढ्दा मल लिन किसानहरू तँछाडमछाड गरिरहेका देखिन्थे। मल पाउनु उनीहरूका ल