एलपी ग्यासको आपूर्ति सहज बन्दै, २२ दिनमै ३९ हजार ७७४ टन आयात

  • आइबार​ २४ साउन २०८३ ०३:०१ AM
काठमाण्डु– नेपाल आयल निगमले पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण सहज हुन थालेको दावी गरेको छ। गत असार ३१ गतेदेखि १४.२ किलोग्राम ग्यास भएको सिलिन्डर बिक्री गर्न थालेपछि एक्कासी अभावजस्तो देखिए पनि साविकको तुलनामा भारतबाट आयातको परिमाण निरन्तर वृद्धि र वितरण प्रक्रियालाई चुस्त बनाइएसँगै ग्यासको अभाव कम हुँदै गएको निगमले