नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म (अक्टोबर २६ देखि नोभेम्बर २१) आयोजना गर्ने घोषणा गरेको छ। शनिबार बेलुका क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार एनपीएल २०२६ को मिति तय गरिएको हो। यसअघिका संस्करण तिहारपछि मङ्सिरमा आयोजना हुँदै आएकोमा यसपटक क्यानले दशैँ र