पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

  • आइबार​ २४ साउन २०८३ ०२:२८ AM
खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन्। अपि र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यको कथा सुनाउँछन्। बडिमालिकाको आफ्नै धार्मिक महिमा छ। शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान दौडिन्छ। रामारोशनका तालमा हिमालको छायाँ देखिन्छ भने घोडाघोडी तालमा चराको चिरबिरसँगै पर्यटनको सम्भावना पनि सुनिन्छ। त्रिपुरासुन्दरी, उग्रतारा, वैद्यनाथधाम, परशुरामधाम, मल्लिकार्जुनलगायत ऐतिहासिक तथा धार्मिक सम्पदा, पहाडी–हिमाली गाउँका मौलिक