‘हामी यहाँ बसाइँ सरी आएको समयमा कोशी नदी धेरै टाढा बग्थ्यो। अहिले त बस्तीमै आइपुगेको छ’, सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टापुका स्थानीय पदम राई भन्छन्। विसं २०७४ देखि सपरिवार यहाँ बसोबास गर्दै आएका राईले एक बिघा जमिनमा धान र मकैखेती गर्नुका साथै केही गाईभैँसी पालेर जीविकोपार्जन गर्दै आएका छन्। वर्षभरि दुःख गरेर खेतीपाती गरेर