भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको आयआर्जन सुदृढ गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत भैँसी वितरण गरेपछि किसानको दैनिकी सहज बनेको छ । कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत रु सात लाख ५० हजार बजेट विनियोजन गरी कार्यक्रम कार्यान्वयनमा