कपिलवस्तु, २२ साउन । देशभर खाना पकाउने ग्यासको अभाव देखिएको वर्तमान अवस्थामा कपिलवस्तुको बाणगंगास्थित श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहले आफ्ना आन्तरिक उपभोक्ताका लागि दाउरा वितरण खुला गरेको छ । ग्यास अभावका कारण खाना पकाउन समस्या हुन थालेपछि उपभोक्तालाई सहजता प्रदान गर्ने उद्देश्यले दाउरा उपलब्ध गराउने निर्णय गरिएको सामुदायिक वनले जनाएको छ । श्रृंगीघाट सामुदायिक वन