बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात, एक साताभित्र सहज हुने निगमको दाबी

  • आइबार​ २४ साउन २०८३ ०२:०५ AM
काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव विस्तारै हट्दै गएको छ। नेपाल आयल निगमले भारतबाट ग्यासको आयात बढाउँदै आपूर्ति तथा वितरण प्रणालीलाई चुस्त बनाएपछि बजारमा देखिएको असहजता कम हुँदै गएको जनाएको छ। गत असार ३१ गतेदेखि १४.२ किलोग्राम क्षमताको पूर्ण सिलिन्डर बिक्री वितरण पुनः सुरु गरिएपछि बजारमा एक्कासी माग बढ्दा केही