एजेन्सी /सोल : दक्षिण कोरियाली फुटबलमा करिब डेढ दशक पुरानो एउटा घटनाले अहिले ठूलो तरंग ल्याएको छ। अन्तर्राष्ट्रिय खेलअघि विदेशी रेफ्रीहरूलाई ‘यौन सेवा’ उपलब्ध गराएको आरोप लागेपछि दक्षिण कोरिया फुटबल संघ (केएफए) आलोचनाको केन्द्रमा परेको छ। आरोप सार्वजनिक भएपछि संघले विगतमा त्यस्ता ‘अप्रिय घटना’ भएकोमा दुःख व्यक्त गर्दै अहिले भने कडा आन्तरिक व्यवस्थापन निर्देशिका लागू गरिएको जनाएको छ।दक्षिण कोरियाली सञ्चारमाध्यम जेटीबीसीले गरेको अनुसन्धान अनुसार सन् २०११ देखि २०१२ को अवधिमा