भागावन पदमार्गको दोस्रो हप्ता सरसफाई, फोहोरमैला ब्यवस्थापनदेखी झाडी सफाईसम्म

  • शनिबार २३ साउन २०८३ ०४:४२ PM
ललितपुर – गोदावरी नगरपालिका वडा नम्बर १० स्थीत भागावन पदमार्गको शनिवार लगातार दोस्रो सातामा पनि सरसफाई गरिएको छ । बागेश्वरी मन्दिरको प्राङ्गणबाट सुरु भएको सरसफाई पदमार्गको अन्तिम भागसम्म गरिएको छ । विहान साढे ६ बजेदेखि करिब २ घण्टा चलेको सरसफाइका क्रममा फोहोरमैला ब्यवस्थापनदेखि लिएर निर्माणाधिन हनुमान मन्दिरसहित प्रतिक्षालय र आराम गर्ने कुर्सीहरुमा भरीएका काँडा र बोट विरुवा लगायतका वनस्पतीले छोपिएका झाडी पन्छाएर सफा पारीएको छ । यस्तै सिढीँका लेउ र माटो सफा गर्नुका साथै वरपर भेटिएका प्लाष्टिकका खोल र पेय पदार्थको बोतल संकलन गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बर १० नम्बरको ... The post भागावन पदमार्गको दोस्रो हप्ता सरसफाई, फोहोरमैला ब्यवस्थापनदेखी झाडी सफाईसम्म appeared first on Kalika Khabar.