हरित चाडपर्व उत्सव सुरु

  • शनिबार २३ साउन २०८३ ०८:०१ PM
ललितपुर :  जलवायु अनुकूलनमा टेवा पुर्‍याउनका लागि चाडपर्व संस्कृतिको प्रवर्द्धन गर्ने ‘हरित उत्सव’ अभियान शनिबारबाट शुभारम्भ गरिएको छ। चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यसहित ‘हरित उत्सवः परिवर्तनका लागि महिला’ अभियान ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा शुभारम्भ गरिएको हो। कार्यक्रममा प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले वातावरण संरक्षणका लागि पुनःप्रयोगको अभ्यासले समाजमा सकारात्मक प्रभाव पार्ने बताइन्।‘