वीरगन्जमा लोकल रक्सीसहित ४ जना पक्राउ

  • शनिबार २३ साउन २०८३ ०८:०१ PM
वीरगन्ज : वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा (लोकल रक्सी) सहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा–१० का २९ वर्षीय मनोज कुमार थिङ, बाराको जितपुरसिमरा–१ की ३५ वर्षीया कोपिला गुरुङ, ३६ वर्षीया रोनु तामाङ र ३३ वर्षीया माया पाख्रिन रहेका छन्। प्रहरीले लोकल रक्सी ओसारपसारमा प्रयोग गरिएको एउटा हाइस गाडी पनि नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय पर्साबाट शनिबार खटिएको प्रहरी टोलीले वीरगन्ज–१५ प्रतिमा चोकस्थित सडकखण्डमा हेटौंडाबाट वीरगन्जतर्फ आउँद