भक्तपुर – भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले १ जना किराना पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ । चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनाले सञ्चालन गरेको त्वयना किराना पसलबाट ग्यासको कालोबजारी भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले चेकजाँच तथा अनुगमन गरेर उनलाई पक्राउ गरेको हो । अनुगमनका क्रममा