बैंकक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

  • शनिबार २३ साउन २०८३ ०२:०७ PM
एजेन्सी । थाइल्यान्डको राजधानी बैंकक नजिकै एक विद्यालयमा १४ वर्षीय विद्यार्थीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । उक्त घटनाअघि सोही विद्यार्थीले घरमा आफ्ना हजुरबुबा–हजुरआमाको पनि हत्या गरेको अधिकारीहरूले बताएका छन् । नोनथाबुरी प्रान्तस्थित डेब्सिरिन नोनथाबुरी विद्यालयमा शुक्रबार बिहान करिब १० बजे गोली प्रहार भएको थियो ।