नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ । यो नाका हुँदै हुने नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताए। ‘नाकामा सडक अवरुद्ध भएकाले पनि