काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । कांग्रेसको काठमाण्डु महानगरपालिका–२६ वडा कार्यसमितिले शनिबार आयोजना गरेको सम्मान तथा शुभकामना कार्यक्रममा उनले पार्टीले असोज १६–१९ गतेसम्म काठमाण्डुमा महाधिवेशन गर्ने तयारी गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताए । उनले भने, ‘कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ, बैठकले तोकिएकै