पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल

  • शनिबार २३ साउन २०८३ १२:१६ PM
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम हुने भए आफू महामन्त्री पद छाड्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौं कांग्रेसको महानगरपालिका वडा नम्बर २६ कार्यसमिति सम्मान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पार्टीको सभापति संस्था भएकाले सभापतिभन्दा माथि कोही हुन नसक्ने बताए। उनले पार्टीका वरिष्ठ नेताहरूको योगदान आफूभन्दा धेरै रहेको भन्दै उनीहरूलाई सम्मान गर्नुपर्ने धारणा